पाँच घण्टापछि सर्यो ढाकाप्रसादको निर्णय लिने रास्वपाको बैठक

सांसद ढाकाप्रसाद श्रेष्ठको बारेमा निर्णय लिनका लागि अहिले बिहान ९ बजे बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ को केन्द्रीय समितिको बैठक केही घण्टालाई सरेको छ ।

पाँच घण्टापछि सर्यो ढाकाप्रसादको निर्णय लिने रास्वपाको बैठक
काठमाडौं । सांसद ढाकाप्रसाद श्रेष्ठको बारेमा निर्णय लिनका लागि अहिले बिहान ९ बजे बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ को केन्द्रीय समितिको बैठक केही घण्टालाई सरेको छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन अहिले बिहान ९ बजे बस्ने भनिएको बैठक आज दिउँसो २ बजे बस्ने बताइएको छ । अधिकांश नेताहरु वैशाख १० गतेको उपनिर्वाचनका लागि चुनावी अभियानमा खटिएकाले बैठक पाँच घण्टा पछि सारिएको पार्टीका महामन्त्री मुकुल ढकालले बताएका छन् । ढकालका अनुसार केन्द्रीय समितिको बैठकपछि आज दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर बैठकको निर्णय सार्वजनिक गरिने छ ।