सांसद ढाकाकुमारसंग सम्बन्धित थप दुई अडिओ सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद डा। ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको दोस्रो दिन नै थप दुई अडिओ सार्वजनिक भएको छ ।

सांसद ढाकाकुमारसंग सम्बन्धित थप दुई अडिओ सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद डा। ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको दोस्रो दिन नै थप दुई अडिओ सार्वजनिक भएको छ । सार्वजनिक भएको दोस्रो अडिओमा आफूलाई ढाकाकुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन संवाद छ । उक्त अडियोमा ती व्यक्तिले ढाकाकुमारले भेट्न चाहेको भन्दै प्रसाईंसँग समय मागेका छन् । त्यस्तै अर्को अडियोमा दुर्गा प्रसाईंका सहयोगी यदु गौतम तथा सांसद ढाकाकुमारबीच पनि सम्वाद भएको सुनिन्छि । ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिले यो अडियोमा भनेका छन्– ‘दुर्गा प्रसाईंजीले त्यो अडियोको बारेमा केही बोलिदिनु भयो भने केही पोजिटिभ मेसेज जान्थ्यो अनि सजिलो हुन्थ्यो भन्ने कुरा मेरो हो । तपाईंले केही प्रयास गर्नुहुन्थ्यो भन्ने के सर । यो कुरा बढाएर के फाइदा उहाँलाई ।’ आइतबार सार्वजनिक अडिओमा ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै प्रसाईंसँग पैसा मागेको कुराकानी छ ।