लाल मोहम्मद हत्या प्रकरण : तीन जना पक्राउ

घटनाको अनुसन्धानका लागि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।

लाल मोहम्मद हत्या प्रकरण : तीन जना पक्राउ
व्यवसायी लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशङ्कामा दुई जना पुरुष र एक महिला पक्राउ परेका र उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ । गएको असोज ३ गते काठमाण्डौको गोठाटार जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानेर भागेका थिए । हत्या गरिएका सर्लाहीको हरिवन नगरपालिका–२ का लाल मोहम्मद विगतमा जाली नोट कारोबार र व्यक्ति हत्या अभियोगमा कैद सजाय भोगेका व्यक्ति थिए । घटनाको अनुसन्धानका लागि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।