कोरोना अपडेट : ५६६ नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

कोरोना अपडेट : ५६६ नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि
काठमाडौं । सोमबार देशभर १२४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा उक्त संख्यामा संक्रमित थपिएका हुन्। देशभरका प्रयोगशालामा ५६६ जनाको नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ। यस्तै गत २४ घण्टाको अवधिमा २१ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म २१ जना अस्पताल भर्ना भएका छन्। जसमध्ये १० जनाको आईसीयूमा र चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।