काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले हदै गरेपछि सिंहदरबारको फोहोर नउठाएको बताएका छन् । त्यो लहडमा अनायासै गरिएको निर्णय नभई बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष रहेको बालेनको भनाई छ ।
महानगरको कार्यालयबाट ५०० मिटरको दुरीमा सिंहदरबार सुरु भएपनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नुपरेको र महानगरका कुरा सरकारले सुन्दै नसुनेका बाध्य भएर निर्णय गर्नुपरेको उनले उल्लेख गरेका छन् । ।
संघीय सरकारका रुपमा रहेको सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस नभएको बालेनले बताएका छन् ।
पटक पटकको कोशिस पछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था रहेको बालेनले गुनासो गरेका छन् ।
सरकारले हदै गरेकाले सिंहदरबारको फोहोर नउठाएको हो : मेयर बालेन शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले हदै गरेपछि सिंहदरबारको फोहोर नउठाएको बताएका छन् ।

