आफुले दुर्गा प्रसाईंसँग पैसा नमागेको सांसद श्रेष्ठको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले आफूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा नमागेको दाबी गरेका छन्।

आफुले दुर्गा प्रसाईंसँग पैसा नमागेको सांसद श्रेष्ठको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले आफुले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा नमागेको दाबी गरेका छन्। आज दिउँसो कपुरकोट मिडियाले सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग स्वास्थ्य मन्त्री हुनका लागि २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक गरेको थियो। अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई एक साताका लागि निलम्बन गरेको छ। श्रेष्ठले भने आफूले प्रसाईंलाई चिन्दै नचिनेको दाबी गरेका छन् । ‘म पोखराको मान्छे, उहाँ झापाको। व्यक्तिगत रूपमा मैले उहाँलाई चिनेको पनि छैन,’ श्रेष्ठले भने ,‘हाम्रो पार्टीले लेबीबाहेक हामीसँग कुनै पैसा पनि मागेको छैन।’ यस्तै उनले आफू मन्त्री बन्ने योजनामा कहिल्यै नभएकाले मन्त्री हुनलाई पैसा माग्यो भन्ने कुरा सरासर झुठो भएको दाबी गरेका छन् । ‘मलाई मन्त्री बन्नु छैन, बन्नका लागि पैसा नै चाहिने भए पनि एकरडेढ करोड पैसा आफैं दिनसक्ने हैसियत भएको मान्छे हुँ,’ श्रेष्ठले भने । उनले अडियोमा सुनिएको बोली आफ्नो नभएकोसमेत जिकिर गरेका छन् ।