धौलागिरि बेसक्याम्पमा दुर्घटना भएको हेलिकप्टरकी पाइलट प्रिया अधिकारीको अवस्था सामान्य

म्याग्दीको धौलागिरी बेस क्याम्प नजिकै एभरेष्ट एयर हेलिकप्टर दुर्घटना भएको छ ।

धौलागिरि बेसक्याम्पमा दुर्घटना भएको हेलिकप्टरकी पाइलट प्रिया अधिकारीको अवस्था सामान्य
म्याग्दी। म्याग्दीको धौलागिरी बेस क्याम्प नजिकै एभरेष्ट एयर हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परे पनि पाइलट प्रिया अधिकारीको अवस्था सामान्य रहेको छ । पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् । उनको उद्धारका लागि एयर डाइनेस्टी गएको छ । एयर डाइनेस्टी फर्केपछि घटनाको थप विवरण प्राप्त हुनेछ ।