नेप्से २८.३१ अंकले घट्दा सबै उपसमुह राताम्य

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक १.५२ प्रतिशतले घटेको छ ।

नेप्से २८.३१ अंकले घट्दा सबै उपसमुह राताम्य
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक १.५२ प्रतिशतले घटेको छ । नेप्से २८.३१ अंकले घटेर १८३८.४८ को विन्दुमा झरेको छ । यस दिन २६८ कम्पनीका ३८ लाख ३० हजार २७७ कित्ता सेयर एक अर्ब १५ करोड ४८ लाख ९८ हजार २११ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.२० प्रतिशतले घटेर ३४८.७९ को विन्दुमा कायम भएको छ । १३ वटै उपसमूहको समूहगत परिसूचक ओरालो लागेको छ । जीवन बिमा समूहको समुहगत सूचक सर्वाधिक १.९२ प्रतिशतले घटेको छ ।आइतबार कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिभेन्चर २०८५ को सेयर मूल्य सर्वाधिक ७.७५ प्रतिशतले घटेर प्रतिकित्ता १,०१५.८० रुपैयाँ कायम भएको छ ।