काठमाडौं । जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गरेका प्रसुती गृहका डाक्टर र प्रतिवादीतर्फका बयानकर्तालाई झिकाउन आदेश दिएको छ ।
अन्तिम सुनुवाइ गर्नुअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालले प्रतिवेदक डाक्टरलाई झिकाउने आदेश आइतवार दिएका हुन् ।
अन्तिम सुनुवाइ शुरू नभएको र प्रतिवेदन लेख्ने डाक्टर तथा प्रतिवादीतर्फका बयानकर्तालाई झिकाउने आदेश भएको जाहेरवालाको तर्फबाट बहस गर्दै आएकी वरिष्ठ अधिवक्ता प्रा.डा.शशी अधिकारीले भनाई छ ।
प्रसुती गृहकी डाक्टर मनिषा यादवसहित तीनजनाको टोलीले १२ पेजको स्वास्थ्य परीक्षण प्रतिवेदन बुझाएको थियो । डा. यादव जान नभ्याएपछि टोलीकी सदस्य अनामिका झा अदालत गएकी थिइन् ।
सन्दीप लामिछानेको मुद्दा : प्रतिवेदक डाक्टर र बयानकर्तालाई झिकाउन आदेश
काठमाडौं । जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गरेका प्रसुती गृहका डाक्टर र प्रतिवादीतर्फका बयानकर्तालाई झिकाउन आदेश दिएको छ । अन्तिम सुनुवाइ गर्नुअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालले प्रतिवेदक डाक्टरलाई झिक…

