रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बित गरेको छ ।

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बित गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई वार्टीबाट निलम्बित गरिएको रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘अडियो बाहिरिएको विषयमा निलम्बन गर्न छानबिन समिति बनाइएको छ, उहाँको निलम्बन भइसक्यो,’ उनले भने । उनी समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए ।