काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर धितोपत्र दोस्रो बजारमा भोलि सोमबारबाट कारोबारमा आउने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज आइतबार सानिमा मिडिल तमोरको साधारण सेयर सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।
यो कम्पनीको कुल ३ करोड ३३ लाख २५ हजार कित्ता सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ३३ लाख २७ हजार ५०० कित्ता, स्थानीयको ३३ लाख ३२ हजार ५०० कित्ता र कम्पनी र आयोजना क्षेत्रका कर्मचारीको १६ लाख ६६ हजार २५० कित्ता र सर्वसाधारणको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर छन्।
नेप्सेले यो कम्पनीलाई ‘टीएएमओआर’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९८.४३ रुपैयाँ र अधिकतममा २९५.२९ रुपैयाँ तोकेको छ।
भोलि स्पेसल प्रिसेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ। कम्पनीले गत फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो ।
सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर सोमबारबाट कारोबारमा आउदैँ
सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर धितोपत्र दोस्रो बजारमा भोलि सोमबारबाट कारोबारमा आउने भएको छ।

