सन्दीपको मुद्दाको सुनुवाइ न्यायाधीश शंकरराज बरालको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।

सन्दीपको मुद्दाको सुनुवाइ न्यायाधीश शंकरराज बरालको इजलासमा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको एकल इजलासको तेस्रो नम्बरमा सन्दीपविरुद्धको मुद्दाको पेसी तोकिएको हो । यसअघि लगातार दुई पटक तोकिएको पेसीको सुनुवाइ स्थगित गरिएको थियो । पहिलो पेसीमा सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रो समय अभावका कारण नभ्याइनेमा राखिएको थियो ।