लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय

मनाङमा यस वर्षको पर्यटक आउने दोस्रो याम सुरुआत भएको छ। याम सुरु भएसँगै जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ।

लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय
मनाङ । मनाङमा यस वर्षको पर्यटक आउने दोस्रो याम सुरुआत भएको छ। याम सुरु भएसँगै जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। विश्वकै दशौँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गको यात्राका लागि बाह्य पर्यटकको आगमन हुने गर्दछ भने जोखिमयुक्त मानिने पदमार्गको यात्रा ब पर्यटकको प्रमुख गन्तव्यका रूपमा मानिन्छ। दुई वर्षको कोभिड सङ्क्रमणको जाखिम र बाढी पहिराका कारण ठप्पजस्तै रहेको पर्यटक आगमन यस याममा पर्यटक उल्लेख्यरूपमा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ। कार्यालयका अनुसार यस जिल्लामा कोभिडपछिकै धेरै सङ्ख्यामा बाह्य पर्यटक मनाङ भित्रिएका हुन्। जिल्लामा दैनिकरूपमा दुईदेखि तीन सयसम्म पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सहायक प्रमुख पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार मनाङमा जनवरीदेखि हालसम्म तीन हजार चार सय २० बाह्य पर्यटक भित्रिएका छन्। महिला एक हजार एक सय ३४ र पुरुष दुई हजार दुई सय ८६ पर्यटक भित्रिएको उनले बताए। जिल्लामा पर्यटक भित्रिने क्रम बढेसँगै यहाँका पर्यटन व्यवसायीमा खुसी भएका छन्।