आज सुनचाँदी को मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै गत शुक्रबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

आज सुनचाँदी को मूल्य स्थिर
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै गत शुक्रबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको जनाएको छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।