काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षण, सेवाग्राहीसॅग अन्तरक्रिया गर्दै अन्तरसम्बन्धित निकायको संयुक्त बैठकलाई आवश्यक निर्देशन गरेका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले सेवा प्रवाहको अवस्थिती, सेवाग्राहीले भोग्ने गरेका दुस्ख र हैरानी, लगेजको सुरक्षाको प्रश्न, राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर ‘अपराध र अपराधी’ नियन्त्रणमा शुन्य सहनशीलता, डिजिटलाईजेसन लगायतको पक्षमा चासो व्यक्त गर्दे तत्कालीन र दीर्घकालीन सुधारको खाका १५ दिन भित्र पेश गर्न निर्देश गरेका हुन्।
बिमानस्थलमा श्रमिकलाई सम्मानजनक व्यवहार र पर्यटकलाई राम्रो सत्कार गर्ने पक्षमा कोही नचुक्न पनि आग्रह गरेका छन्।
संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउनको लागि पनि गुणात्मक परिवर्तनको पक्षमा दृढतापुर्वक लाग्न सबै राष्ट्र सेवकलाई समेत अपिल गरेका छन्।
विमानस्थलको सेवा प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षण, सेवाग्राहीसॅग अन्तरक्रिया गर्दै अन्तरसम्बन्धित निकायको संयुक्त बैठकलाई आवश्यक निर्देशन गरेका छन् ।

