ललितपुरमा बन्दै गरेको ५ तले घर भासियो

ललितपुर महानगरपालिका(१ बखुण्डोलमा जमिन भासिएको छ । एउटा घर पूर्ण रुपमा तथा अर्को निर्माणाधीन ५ तले घर भासिएका छन् ।

ललितपुरमा बन्दै गरेको ५ तले घर भासियो
काठमाडाैँ । ललितपुर महानगरपालिका -१ बखुण्डोलमा जमिन भासिएको छ । एउटा घर पूर्ण रुपमा तथा अर्को निर्माणाधीन ५ तले घर भासिएका छन् । यीसहित वरिपरिका गरी ५ वटा घर जोखिम अवस्थामा छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार प्रारम्भिक रुपमा देखिएका ५ वटा घर जोखिममा छन् । घटनाको जानकारीपछि गएराति सुरक्षाकर्मीको टोली जोखिम क्षेत्रमा पुगेको थियो। स्थानीय बासिन्दालाई गएराति नै सुरक्षित ठाउँमा सारिएको छ। घटनाको जानकारी लिएर जमिन भासिनुको कारणबारे प्राविधिकले अध्ययन थालेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।