काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्यागको तयारी गरेका छन् । एमालेसँग अलग भएपछि पार्टी एकीकरणको मुद्दा उठाउँदै आएका नेता न्यौपानेले अन्ततः पार्टीबाट बाहिरिने घोषणा गर्न लागेका हुन् ।
यसका लागि उनले शनिबार दिउँसो विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् । अध्यक्ष माधव नेपाल र झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका नेता न्यौपानेले एमालेसँग पार्टी एकीकरण गर्ने माग गर्दा उनीमाथि स्पष्टीकरण सोधिएको थियो ।
शनिबारको पत्रकार सम्मेलनमा भने उनले स्पष्टीकरणको जवाफ सार्वजनिक रुपमै दिने तयारी गरेका छन् । यससँगै उनी एमालेमा प्रवेश गर्ने तयारी गरेको बुझिएको छ । न्यौपाने पहिले नेकपा एमालेमा छँदा मजदुर संगठनको नेतृत्व गर्ने अनुभवी र पहिलो पुस्ताको नेताको रुपमा चिनिन्थे ।
एकीकृत समाजवादीका वरिष्ठ नेता न्यौपानेले लिए पार्टी छाड्ने निर्णय