ढोरपाटनमा प्याराग्लाइडिङकाे परीक्षण उडान शुरू

'ढोरपाटन नगरपालिकाबाट हामीले परीक्षण उडान भनेर ३ लाख रुपैयाँ रकम विनियोजन गरेको थियौं,' उपप्रमुख कायतले न्यूज खरीसँग भने, 'आरक्ष र सेनाको सहमतिपछि आर्मी क्याम बाहिर प्याराग्लाइडिङले परीक्षण उडान गरेको छ ।'

ढोरपाटनमा प्याराग्लाइडिङकाे परीक्षण उडान शुरू
बागलुङ । नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रमा प्याराग्लाइडिङकाे परीक्षण उडान शुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा ढोरपाटन नगरपालिकाकाे वडा नम्बर ९ र ६ मा परीक्षण उडान शुरू गरिएकाे हाे । ढोरपाटन नगरपालिकाको आर्थिक सहयोगमा ढोरपाटन क्षेत्रमा प्याराग्लाइडिङ परीक्षण पटके उडान अनुमति प्रदान गरिएको नागरिक उड्डन प्राधिकरणका उपप्रबन्धक चुडाबहादुर खड्काले जानकारी दिए । उनका अनुसार ब्लू इस्काई प्याराग्लाइडिङ प्रालि पोखराले चैत २३ देखि २५ गतेसम्म परीक्षण उडानको जिम्मा पाएकाे छ । प्रालिले उडान सञ्चालन समाप्त भएपछि सो प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्नेछ । शुक्रबार ढोरपाटनको मसिनधाराबाट उडान शुरु गरिएको प्याराग्लाइडिङ तल्लोचौरमा सफल ल्याण्ड गरिएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए । 'ढोरपाटन नगरपालिकाबाट हामीले परीक्षण उडान भनेर ३ लाख रुपैयाँ रकम विनियोजन गरेको थियौं,' उपप्रमुख कायतले न्यूज खरीसँग भने, ' वन्यजन्तु संरक्षण विभागकाे सहमतिपछि आर्मी क्याम बाहिर प्याराग्लाइडिङले परीक्षण उडान गरेको छ ।' उनका अनुसार बिहान ८ बजेदेखि दिउँसो ३ बजेभित्र परीक्षण उडान गरिनेछ ।