प्रधानमन्त्री प्रचण्ड गोरखामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा पुगेका छन्। गोरखा अस्पताल र नेकपा माओवादी केन्द्र गोरखाले गरेको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल गोरखा गएका हुन्।

प्रधानमन्त्री प्रचण्ड गोरखामा
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा पुगेका छन्। गोरखा अस्पताल र नेकपा माओवादी केन्द्र गोरखाले गरेको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल गोरखा गएका हुन्। उनले माओवादीको कार्यालय पाटेचौर पुगेर जनतासँग पार्टी अभियान अन्तर्गत छलफलमा समेत भाग लिएका छन्। प्रधानमन्त्री दाहाल गोरखा अस्पतालको स्वर्ण जयन्ती कार्यक्रममा पनि सहभागी हुनेछन्।