सरकारको साझा न्यूनतम कार्यक्रममा रास्वपाको पनि असहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले ल्याएको ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ मा असहमति जनाएको छ ।

सरकारको साझा न्यूनतम कार्यक्रममा रास्वपाको पनि असहमति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले ल्याएको ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ मा असहमति जनाएको छ । शुक्रबार रास्वपाको संसदीय दलको अनौपचारिक बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम भ्रष्टाचारविरुद्ध नरम देखिएको निष्कर्ष निकाल्दै असहमति जनाएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । ‘नयाँ नीति कार्यक्रम भ्रष्टाचार विरूद्ध नरम देखिएको छ । बलात्कार जन्य घटनाको छिटो छिनोफानो , बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैर आवसिय नेपालीको लगानीलाई सहज बनाउने , डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्ने लगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएका छन् । यसमा हाम्रो सहमति छैन ।’ उनले भने । कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषय अघिल्लो गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा राखिए पनि अहिले हटाइएको प्रवक्ता ढकालले बताए ।