न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर दुरुपयोग भयो : चित्रबहादुर केसी

सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको भोलिपल्टै विवाद सुरु भएको छ ।

न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर दुरुपयोग भयो : चित्रबहादुर केसी
काठमाडौँ । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको भोलिपल्टै विवाद सुरु भएको छ ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा सङ्घीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरू रहेको बताएका छन् । बिहीबार सत्ता साझेदार दलका प्रमुख नेताहरूको हस्ताक्षर गरी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको थियो ।