काठमाडौं । तीनवटा निर्वाचन क्षेत्रमा वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिएका मूख्य दलका उम्मेदवारहरू नै आफैलाई मतदान गर्नबाट वञ्चित हुने भएका छन् ।
यसरी आफैलाई मतदान गर्न नपाउने उम्मेदवारहरूमा सत्ता गठबन्धनबाट बारा–२ का उम्मेदवार उपेन्द्र यादव रहेका छन् । त्यस्तै सत्ता समर्थक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन–२ का उम्मेदवार रवि लामिछाने, रास्वपाकै तनहुँ–१ का उम्मेदवार रहेका अर्थशास्त्री स्वर्णिम वाग्ले र सुशासन पार्टीका अध्यक्षसमेत रहेका बारा–२ का रमेश खरेलले पनि आफैलाई मतदान गर्न पाउने छैनन् ।
यसैगरी विपक्षी एमालेबाट तनहुँ–१ का उम्मेदवार रहेका पूर्वआइजिपी सर्वेन्द्र खनालले पनि भोट हाल्न पाउने छैनन् ।
यी हुन् उपनिर्वाचनमा आफैलाई मतदान गर्नबाट वञ्चित भएका उम्मेदवारहरू
तीनवटा निर्वाचन क्षेत्रमा वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिएका मूख्य दलका उम्मेदवारहरू नै आफैलाई मतदान गर्नबाट वञ्चित हुने भएका छन् ।

