आजैदेखि आचारसंहिता लगाउने तयारी

निर्वाचन खर्चसीमाबारे दलहरूको छलफलमा आचारसंहिताबारे पनि उठाएका कुरा हेरेर आयोगले निर्णय गर्ने स्रोतले बताएको छ । राजनीतिक दलहलाई खर्च सीमाबारे छलफल गर्न आयोगले आज बोलाएको छ ।

आजैदेखि आचारसंहिता लगाउने तयारी
आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता आजैबाट लगाउने तयारी भएको छ । निर्वाचन आयोगले आजैबाट निर्वाचन आचारसंहिता लगाउने तयारी गरिएको जनाएको छ । “आयोगले निर्णय गरिसकेको छैन । तर, आचारसंहिता लागू गर्ने तयारी भइरहेको छ, ” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । निर्वाचन खर्चसीमाबारे दलहरूको छलफलमा आचारसंहिताबारे पनि उठाएका कुरा हेरेर आयोगले निर्णय गर्ने स्रोतले बताएको छ । राजनीतिक दलहलाई खर्च सीमाबारे छलफल गर्न आयोगले आज बोलाएको छ ।