क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच आज पार्टी एकता हुने

पार्टी एकताबारे जानकारी दिनका लागि शुक्रबार दिउँसो १२ बजे पत्रकार सम्मेलन हुने भएको हो। काठमाडौंको इच्छुक प्रतिस्ठान घट्टेकुलोमा हुने पत्रकार सम्मेलनमार्फत एकता घोषणा गर्न लागिएको जनाइएको छ।

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच आज पार्टी एकता हुने
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बीच आज पार्टी एकता घोषणा हुने भएको छ। पार्टी एकताबारे जानकारी दिनका लागि शुक्रबार दिउँसो १२ बजे पत्रकार सम्मेलन हुने भएको हो। काठमाडौंको इच्छुक प्रतिस्ठान घट्टेकुलोमा हुने पत्रकार सम्मेलनमार्फत एकता घोषणा गर्न लागिएको जनाइएको छ। माओवादीका यी दुई घटकसहित चारवटा वामपन्थी पार्टीले केही समययता संयोजन समिति बनाएर संयुक्त गतिविधि गर्दै आएका छन्। बास्तोला नेतृत्वको नेकपा बहुमत कही समयअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट अलग भएको हो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) बाट वैद्य अलग हुँदा उनीलाई विप्लव र बास्तोला पनि साथ दिएका थिए। पछि विप्लव पनि वैद्यबाट अलग भएका हुन्।