जहाज उडानका क्रममा झगडा गर्ने यात्रुलाई कारबाही गर्ने प्राधिकरणको तयारी

जहाज उडानका क्रममा झगडा गर्ने बुद्ध एयरका दुई यात्रुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने भएको छ।

जहाज उडानका क्रममा झगडा गर्ने यात्रुलाई कारबाही गर्ने प्राधिकरणको तयारी
काठमाडौँ । जहाज उडानका क्रममा झगडा गर्ने बुद्ध एयरका दुई यात्रुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने भएको छ। बुधबार बेलुका ४ बजेर ३० मिनेटमा विराटनगरबाट काठमाडौं उडान गरेको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। यसबारे प्राधिकरणले बुद्धलाई स्पष्टीकरण मागेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार यो हवाई सुरक्षा विरूद्धको कार्य हो। उडान सुरक्षाको नियम तथा मर्यादा पालना नगर्ने यात्रुलाई कारबाही गर्न सकिने व्यवस्था रहेको छ। जसअनुसार बुधबारको घटनालाई लिएर कारबाही गर्न बुद्धसँग स्पष्टीकरण मागेको उनले बताए।