प्रतिनिधिसभामा आकस्मिक समय लागु : तीन मिनेट समय तोकियो

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरूलाई उपलब्ध गराइएको जानकारी दिए ।

प्रतिनिधिसभामा आकस्मिक समय लागु : तीन मिनेट समय तोकियो
काठमाडौं । प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरूलाई उपलब्ध गराइएको जानकारी दिए । अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर तीन मिनेटमा सांसदहरुले आफ्नो धारणा राख्न पाउने सभामुख घिमिरेले बताए ।