काठमाडौं। नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसोबाट सुरु भएको बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्ने छन् ।
त्यस्तै, बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षा मुद्रण सम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको सङ्घीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए।
प्रतिनिधि सभा बैठक सुरु
नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसोबाट सुरु भएको बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्ने छन्

