घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड बनाएर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ  कारोबार ?
काठमाडौँ । बुधवार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड बनाएर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य बिहीवार प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीवार तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ । सुनको मूल्य घटेसँगै बिहीवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार चाँदीको मूल्य वुधवारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको छ ।