पाँच सचिवको फेरी सरुवा

सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन सचिवहरूको सरुवा गरेको हो। प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद…

पाँच सचिवको फेरी सरुवा
सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन सचिवहरूको सरुवा गरेको हो। प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने खेलकुदका डा।दामोदर रेग्मीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सारिएको छ । केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ । यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानुनं) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ भने कानुनका उदयराज सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । यद्यपि कानुनतर्फको हकमा म्याचुअर्ड हुन बाँकी नै छ भने अन्य सचिवहरूले भने पत्रसमेत बुझी कतिपय हाजिरसमेत भई सकेका छन् । केही दिनअघि मात्रै सरकारले गृहसचिवसहित ७ सचिवको सरुवा गरेको थियो ।