काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बिहीवार शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिवार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालबाट उपचार गराई आज घर फर्कनुभएको छ राष्ट्रपतिको सचिवालयले भन्यो।
राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा प्रधानमन्त्री प्रचण्ड पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालगायत अस्पताल पुगेका थिए।
अस्पतालबाट ‘डिस्चार्ज’ भए राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल बिहीवार शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।

