‘अर्थतन्त्रलाई पार लाउन सहज छैन, हामी चुनौतीपूर्ण अवस्थामा छौँ’ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक यतिवेला चूनौतिपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

‘अर्थतन्त्रलाई पार लाउन सहज छैन, हामी चुनौतीपूर्ण अवस्थामा छौँ’ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक यतिवेला चूनौतिपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् । नेकपा माओवादीनिकट सहकारीकर्मीहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेपनि संविधानलाई कमजोर बनाएर उल्ट्याउने कसरत भइरहेको बताएका छन्। उनले संघीयता र समानुपातिक समावेशिता मन नपराउनेहरूबाट संविधान विरोधी गतिविधि भइरहेको उल्लेख गर्दै भने–‘अहिले निकै चुनौतीपूर्ण अवस्थामा नेतृत्वको अवसर प्राप्त भएको छ। सजिलो छैन। अर्थतन्त्रको कुरा सुनिराखेका छौँ। यसलाई पार लाउन सहज छैन। राजनीति पनि कुनै एउटा पार्टीको बहुमत छैन। मोर्चा गरेर नेतृत्व गरेका छौँ। सजिलो छैन। अप्ठ्यारो छ। तर, पनि चुनौतीपूर्ण अवस्थामा छौँ।’ यस्तै, प्रधानमन्त्री दाहालले सरकारले एक दुई दिनमा नै पूर्णता पाउने विश्वास दिलाए ।