प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको रिट निवेदनको सुनुवाइ हुँदै

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट निवेदनको सुनुवाइ हुँदै छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको  रिट निवेदनको सुनुवाइ हुँदै
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट निवेदनको सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा प्रचण्ड विरुद्धको रिट निवेदनको सुनुवाइ हुँदै छ । यसअघि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा उक्त रिटको सुनवाइ भएको थियो । २०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए । सो अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायत सशस्त्र द्धन्द्धका पीडितले सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि अदालतले प्रचण्डविरुद्धको मुद्दा लिन नमाने पनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दरपीठको आदेश बदर गरेपछि अदालतमा रिट दर्ता भएको थियो । अदालतमा मुद्दा चलेसँगै तत्कालीन माओवादी घटकहरू एक भएर यो रिटको विरोध गरिरहेका छन् ।