दाङ । एक महिनाको अन्तरालपछि लुम्बिनी प्रदेशसभाको दुइटा बैठक नियमित भएका छन्। चैत २० र २१ गते सञ्चालन भएको सदनमा सरकारमा सहभागी मन्त्रीहरू दुई दिन उपस्थित भएनन्। अल्पमतमा परेको लीला गिरी नेतृत्व प्रदेश सरकार सदनमा पनि सहभागिताको हिसाबले त्यही अवस्थामा देखियो। सत्तापक्षमा कुर्सीहरू दुई दिन प्रायः खाली जस्तै देखिएका छन्।
बैठकमा विपक्षमा रहेको सबै राजनीतिक दलका सांसदहरूले मुख्यमन्त्री लीला गिरीलाई अल्पमतको सरकारबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रहसमेत गरेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत पार्टी, नागरिक उन्मुक्ति, लोसपा जसपा, एकीकृत समाजवादीलगायत प्रतिनिधित्व गर्ने सासंदहरूले मुख्यमन्त्री गिरीलाई मार्ग प्रसस्त गर्न आग्रह गर्दै नैतिकता देखाउन आग्रह गरे। उनीहरूले मुख्यमन्त्रीमा नैतिकता छ भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस् बैठकमा सम्बोधन गर्ने अधिकांश प्रदेशसभा सदस्यले भने। उनीहरूले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै मार्ग प्रसस्त गर्न आग्रह गरेका थिए।
मुख्यमन्त्री गिरीलाई राजीनामा दिन दबाब
एक महिनाको अन्तरालपछि लुम्बिनी प्रदेशसभाको दुइटा बैठक नियमित भएका छन्।

