काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रका उम्मेदवारलाई प्रचारप्रसार गर्न दुई साता समय दिने भएको छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि प्रचारप्रसार गर्न पाइन्छ । मौन अवधि सुरु नहुँदासम्म प्रचार गर्न पाइन्छ ।
बारा २, चितवन २ र तनहुँ १ मा वैशाख १० मा उपनिर्वाचन हुँदै छ । यो तीन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दिएका छन् । बारा–२ मा ३६ जनाले उम्मेदवारी दिएका छन् । चितवन २ मा २४ र तनहुँ १ मा ९ जनाले उम्मेदवारी दिएका छन् । आयोगले उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिन सक्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।
कसको विरुद्ध उजुरी पर्यो भन्ने यकिन विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले उजुरीउपर जाँचबुझ गरी बुधबार निर्णय दिनुपर्ने हुन्छ । कार्यालयले बुधबारै उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहेमा बिहीबारसम्म समय निर्धारण गरिएको छ । तीन क्षेत्रमा ३६ जना स्वतन्त्र उम्मेदवार छन् ।
बारामा २४ र चितवनमा १२ स्वतन्त्रले उम्मेदवारी दिएका छन् । आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिसम्म प्रचारप्रसार गर्न पाइने समय तोकेको छ ।
उपनिर्वाचन प्रचार १५ दिन
निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रका उम्मेदवारलाई प्रचारप्रसार गर्न दुई साता समय दिने भएको छ ।

