काठमाडौं । धौलागिरि क्षेत्रको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, जैविक एवम् मानव निर्मित सम्पदाहरुको संरक्षण गर्न ढोरपाटन, धौलागिरि बृहत्तर विकाश परियोजना शुरु गरिने भएको छ ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा भएको छलफलमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलाई जोडेर ढोरपाटन, धौलागिरि बृहत्तर विकाश परियोजना अगाडी बढाउने समझदारी भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले आर्थिक वर्षमा सोही परियोजना सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘यो परियोजनले तीन वटा प्रदेशलाई जोड्ने सरकारको गौरवको आयोजना हुन सक्छ,’ उनले भने, ‘आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो विषय समेट्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ साथै उनले ढोरपाटनलाई केन्द्रविन्दु बनाएर परियोजना अगाडी बढाउन समेत सुझाव दिए ।
परियोजनाले नयाँ पर्यटकीय गन्तव्यहरु पहिचान गरी धौलागिरि, निलगिरि, ढोरपाटन, कालिगण्डकी, क्षेत्रको समग्र विकाश गर्ने एवम् गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशलाई जोड्ने लोलुफेरा, लोमान्थाङ, लुम्बिनी, फेवाताल, राराताल क्षेत्रको एकीकृत विकाश गर्ने उद्देश्य रहेको अभियान्ता कृष्ण केसीले जानकारी दिए ।
त्यस क्षेत्रलाई विश्वसामु चिनाउन ग्लोबल कल्चर भिलेज एवम् आधुनिक बागलुङ उपत्यका र गलकोट उपत्यको मिलन विन्दु घाडाबाधे क्षेत्रलाई सुविधा सम्पन्न ग्रामिण सहरको विकाश गर्ने उद्देश्य रहेको छ ।
ढोेरपाटन क्षेत्रलाई सुविधासम्पन्न वातावरणमैत्री प्राकृतिक नगरीको रुपमा विकाश गर्ने, धौलागिरि क्षेत्रमा कृषि, वन आर्युवेद, चिकित्सा, इन्जिनियरिङ लगायतका प्राविधिक शिक्षा अध्ययन एवम् अन्तर्राष्ट्रिय प्राकृतिक रिसेज सेन्टर स्थापना गर्ने परियोजनाको लक्ष्य रहेको केसीको भनाइ छ ।
परियोजनलाई विश्वव्यापी प्रचार एवम् लगानी भित्र्याउन बैशाख २२ गते वैशाख पूर्णिमाको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री एवम् विशिष्ट पाहुँनालाई ढोरपाटन आमन्त्रण गरिएको छ ।
केसीका अनुसार सोही दिन एक हजार जनालाई मोटरसाइकल मार्फत ढोरपाटन पुर्याउने योजना रहेको छ । आज भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराती, मन्त्रालयका सचिव सुरेश अधिकारी, वातावरण विभागका महानिर्देशक शिवलाल तिवारी, पर्यटन बोर्डका पदाधिकारी, पूर्व सांसदलगायतको उपस्थिति रहेको थियो ।