काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।
धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै काठमाडौं आएको मेयर साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघासहितको टोलीले मंगलबार मेयर बालेनलाई उनकै कार्यकक्षमा पुगेर भेटेका हुन् ।
केहीसमयअघि उनीहरुबीच सामाजिक सञ्जालमा घोचपेच पनि भएको थियो । तर, अहिले भने सम्बन्धमा सुधार आएको बुझ्न सकिन्छ ।
बालेन शाह र हर्क साम्पाङबीच भेटवार्ता
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

