मिटरब्याज पीडितले घेरे बालुवाटार

मिटरब्याज पीडितहरुले बालुवाटारमा प्रर्दशन गरेका छन् ।

मिटरब्याज पीडितले घेरे बालुवाटार
काठमाडौं। मिटरब्याज पीडितहरुले बालुवाटारमा प्रर्दशन गरेका छन् । उनीहरुले सरकारले पीडितको पक्षमा तत्काल कानुन बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउपुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा रहेका पीडितहरुलाई तत्काल रिहाइ गर्नुपर्नेलगायतका माग राखी प्रदर्शन गरेका हुन् । केही दिन अघिमात्रै मिटरब्याज पीडित समूहसँग सरकारले वार्ता गरेलगत्तै अर्को समूह काठमाडौं प्रवेश गरेका थिए । सरकारले २०७८ साल असोज १ गते पीडितहरुसँग गरेको कुनैपनि सहमति कार्यान्वयनमा चासो नदेखाएको उनीहरुको आरोप छ । करिब छ सयको संख्यामा काठमाडौं छिरेका उनीहरु हिजो शान्ति वाटिकामा बसेका छन् । उनीहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेका हुन् ।