उद्योग वाणिज्य महासंघ चुनाव : वरिष्ठ उपाध्यक्ष उम्मेदवार अन्जन श्रेष्ठको प्यानल दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ गते हुन गइरहेको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्ज श्रेष्ठको प्यानल दर्ता भएको छ ।

उद्योग वाणिज्य महासंघ चुनाव : वरिष्ठ उपाध्यक्ष उम्मेदवार अन्जन श्रेष्ठको प्यानल दर्ता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ गते हुन गइरहेको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्ज श्रेष्ठको प्यानल दर्ता भएको छ । जसअनुसार वस्तुगततर्फका हालका उपाध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उनको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगततर्फको उपाध्यक्षमा मनिषलाल प्रधान र एसोसिएटर्तफको उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले बताए । यसअघि एसोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे उम्मेदवार बन्ने चर्चा थियो । सहमतिको लागि आफूले उम्मेदवारी दर्ता नगरेको पाण्डेले बताए । भरत आचार्यलाई समर्थन गर्दै मैले उम्मेदवारी नदिएको होु उनले भने । उम्मेदवार दर्तापछि श्रेष्ठले महासंघलाई नयाँ उचाइमा पुर्‍याउन, संस्थाको व्यवसायिक क्षमता अभिवृद्धि र संस्थागत प्रभावकारिता बढाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।