टिकटक प्रतिबन्ध गर्ने देशको सूचीमा थपियो अस्ट्रेलिया

सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध लगाउने सूचीमा अस्ट्रेलिया पनि सामेल भएको छ ।

टिकटक प्रतिबन्ध गर्ने देशको सूचीमा थपियो अस्ट्रेलिया
काठमाडौं । सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध लगाउने सूचीमा अस्ट्रेलिया पनि सामेल भएको छ । अस्ट्रेलियन सरकारले सुरक्षालाई ध्यानमा राख्दै सरकारी कार्यालयमा प्रयोग हुने र कार्यालमा काम गर्ने कर्मचारीको मोबाइल लगायतका डिभाइसमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यसअघि अमेरिका, ब्रिटेन, न्युजिल्याण्ड, क्यानडा, बेल्जियमका साथै युरोपियन अन्तर्गतका देशले सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध लगाएका छन् । सोही अनुरुप अस्ट्रेलियन सरकारले पनि टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको हो । अस्ट्रेलियामले करिब ७ महिना टिकटकको सेक्युरिटी रिक्स अध्ययन गरेर यो निर्णय लिएको हो । उक्त अध्ययनबाट आएको निष्कर्षका आधारमा सरकारले पहिलो चरणमा सरकारी कार्यालयमा प्रयोग हुने डिभाइसमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ‘देशको सुरक्षा हिसाबले यो निर्णय निकै महत्वपूर्ण रहेको छ,’ अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानेजले भने, ‘गृह विभागले गरेको अध्ययनका आधारमा यो निर्णय लिइएको हो ।’