काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं चितवन–२ का उम्मेदवार रवि लामिछानेले ५ वर्षभित्र आफ्नो पार्टीले एकल सरकार बनाउने दाबी गरेका छन् ।चुनाव प्रचारका क्रममा लामिछानेले दिनदिनै रास्वपामा आकर्षण बढेको भन्दै ५ वर्षमा रास्वपाले एकल बहुमतको सरकार बनाउने दाबी गरे ।
‘भकुण्डोमा जति हावा हालिन्छ, त्यति माथि उफ्रन्छ । हामीलाई जति गिराउन खोजिन्छ, हामी त्यति माथि उठ्छौं । त्यसैले एकका विरुद्ध हामी ३ जना संसद्मा छिर्ने बाटोमा छौं,’ रविले भने, ‘६ महिनामा २० सिट जित्यौं । ५ वर्षमा दुईतिहाइ जित्न सक्छौं । ५ वर्षपछि रास्वपाको एकल सरकार बन्छ । कसैले चाहेर रोक्न सक्दैन ।’मुद्दामामिला जे लागे पनि अब रास्वपाले भ्रष्टाचारविरुद्ध आगो बाल्ने पनि उनले बताए ।
५ वर्षपछि रास्वपाको एकल सरकार बन्नबाट कसैले रोक्न सक्दैन : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं चितवन–२ का उम्मेदवार रवि लामिछानेले ५ वर्षभित्र आफ्नो पार्टीले एकल सरकार बनाउने दाबी गरेका छन् ।

