सुनको मुल्यमा वृद्धि , आज कतिमा हुदैँछ कारोबार ?

साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मुल्यमा वृद्धि , आज कतिमा हुदैँछ कारोबार ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । यो संगै छापावला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो सोमबार छापावला सुनको मूल्य १ लाख ८ हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको थियो । । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ३९० सय रुपैयाँमा कारोबार भएको थियो ।