त्रिभुवन विमानस्थल क्षेत्रमा ट्याक्सीको हड्ताल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेको पार्किङ भाडाको विषयलाई लिएर त्यहाँभित्रका ट्याक्सीले हड्ताल गरेका छन्।

त्रिभुवन विमानस्थल क्षेत्रमा ट्याक्सीको हड्ताल
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेको पार्किङ भाडाको विषयलाई लिएर त्यहाँभित्रका ट्याक्सीले हड्ताल गरेका छन्। विमानस्थल परिसरका ट्याक्सीलाई महँगो पार्किङ शुल्क लिएको भन्दै विरोध स्वरूप ट्याक्सी चालकहरूले मंगलबार बिहानैदेखि विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् । त्रिभुवन विमानस्थल क्षेत्रमा पार्किङ शुल्कबापत प्रतिघण्टा ८० रुपैंया लिन थालिएको छ। यसअघि जम्मा प्रतिघण्टा २० रुपैयाँ मात्रै शुल्क थियो। ट्याक्सीले अझै हड्ताल र यात्रुलाई सेवा नदिए प्रतिघण्टा १०० रुपैयाँ पुर्‍याउने चेतावनी समेत दिइएको ट्याक्सी चालकहरूको भनाई छ। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको नेतृत्वमा ट्याक्सी चालकहरूले विमानस्थलबाट सेवा बन्द गरेका हुन् ।