काठमाडौं उपत्यकासहित यी क्षेत्रमा वर्षाको सम्भावना

आज अपराह्नतिर काठमाडौंमा पनि क्षणिक वर्षा हुने सम्भावना छ। ‘तर पानी पर्ने सम्भावना ३० प्रतिशत मात्र छ’, मौसमविद् झाले भने ।

काठमाडौं उपत्यकासहित यी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं । आज काठमाडौं उपत्यकालगायत देशका पहाडी भेगमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना छ। आज अपराह्नतिर काठमाडौंमा पनि क्षणिक वर्षा हुने सम्भावना छ। ‘तर पानी पर्ने सम्भावना ३० प्रतिशत मात्र छ’, मौसमविद् झाले भने । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी क्षेत्रका एकरदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ– सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।