काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । भारतबाट भाउ घटेर आएपछि नेपालमा मूल्य समायोजन गर्न दबाब बढेपछि आज बसेको निगम सञ्चालक समिति बैठकले मूल्य कटौती गरेको हो ।
जसअनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ घटाइएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १६८, मट्टीतेल र डिजल प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ थियो भने डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँमा बिक्री भइरहेको थियो ।



