पहिले घन्टीमा भोट हाल्नेहरू अब शंख बजाएर सूर्यको आरती गर्छन् : गोकुल बाँस्कोटा

नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरूटका लागि चितवनको कमाण्ड सम्हालिरहेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले तीनै क्षेत्रमा एमालेले विजयी हुने दाबी गरेका छन्।

पहिले घन्टीमा भोट हाल्नेहरू अब शंख बजाएर सूर्यको आरती गर्छन् : गोकुल बाँस्कोटा
काठमाडौँ । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरूटका लागि चितवनको कमाण्ड सम्हालिरहेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले तीनै क्षेत्रमा एमालेले विजयी हुने दाबी गरेका छन्। उनले अघिल्लो पटक एमालेलाई भोट नहालेका मतदाताले पनि यसपाली हाल्ने दाबी गरे। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बास्कोटाले यहाँ अघिल्लो पटक भएको निर्वाचनलाई भदौरे बाढीको संज्ञा दिए। ‘भदौरे बाढीले ल्याएको लेदो जति सफा भएर नारायणी कञ्चन भएको छ। चितवनमा वैशाखे पालुवा पलाउन थालेका छन्, चैते हुरीको कुनै काम छैन,’ उनले भने। बाँस्कोटाले पहिले घन्टीमा भोट हाल्नेहरूले अब शंख बजाएर सूर्यको आरती गर्ने बताए।