काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ ।
चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।
त्यसपछि पुनः भोलिका लागि सुनुवाइ पेसी तोकिएको हो । सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दा ुफास्ट ट्र्याकुबाट सकाउन आदेश दिएपनि हालसम्म अन्तिम सुनुवाइसुरु भएको छैन ।
सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि भोलिलाई तोकियो पेसी
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ ।

