उपनिर्वाचन : चितवन –२ मा ५ बजेसम्ममा २० जनाको उमेदवारी

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा उमेदवारी दर्ताको समय सकिएपनि उमेदवारी दर्ता जारी छ ।

उपनिर्वाचन : चितवन –२ मा ५ बजेसम्ममा २० जनाको उमेदवारी
काठमाडौं। आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा उमेदवारी दर्ताको समय सकिएपनि उमेदवारी दर्ता जारी छ । निर्वाचन आयोगले उमेदवारी दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय दिइएको थियो । आयोगका जिल्ला निर्वाचन कार्यालयका अधिकारी भीमसेन कार्कीका अनुसार ५ बजेसम्ममा २० जनाको उमेदवारी दर्ता भएको छ । जसमा १२ दल र आठजना स्वतन्त्रको उमेदवारी दर्ता भएको उनले बताए ।