कलैया । वैशाख १० गते हुने बारा क्षेत्र नं २ को उपचुनावको लागि आज उम्मेदवारी दर्ता भइरहेको छ। बाराको सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समितिमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले बाजागाजासहित जुलुस निकालेर उम्मेदवारी दर्ता गरेका छन्।
बिहान १० बजेदेखि साँझ ५ बजे सम्म उम्मेदवारी दर्ता गर्ने समय तालिका रहेको छ। दिउँसो ३ बजे सम्म विभिन्न राजनीतिक दलका गरि १८ जना उम्मेदवार उम्मेदवारी दर्ता गरिसकेको बारा २ का उपनिर्वाचनका अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।
बारा २ उपचुनाव : दिउँसो ३ बजेसम्म १८ जनाको उम्मेदवारी दर्ता
वैशाख १० गते हुने बारा क्षेत्र नं २ को उपचुनावको लागि आज उम्मेदवारी दर्ता भइरहेको छ।

