बारामा उपेन्द्र र शिवचन्द्रले गराए उम्मेदवारी दर्ता

बारामा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन्।

बारामा उपेन्द्र र शिवचन्द्रले गराए उम्मेदवारी दर्ता
बारा। बारामा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार मुख्यम निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादव र कुशवाहाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मुकेश यादवले जानकारी दिए। उनले दिउँसो साढे २ बजेसम्म १५ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए। यादव र कुशवाहासँगै हाम्रो नेपाल पार्टीबाट चन्द्रप्रकाश सुवेदी र नेपाल मजदुर किसान पार्टीबाट मुक्ति यादवले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै विनोदकुमार कर्ण, धुपलाल हजारा, गिर्जा कुमारी लगायत ११ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए।