काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरी नियुक्त भएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालले सोमबार चौधरीलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्। उनी गतमंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा दाङ–१ बाट निर्वाचित भएका थिए। अहिले चौधरी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य छन्। यसअघि शहरी विकास मन्त्री बनेका थिए।
एकीकृत समाजवादीको प्रमुख सचेतकमा चौधरी
नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरी नियुक्त भएका छन्।

